७४५ पालिकाको मतगणना सम्पन्न हुँदा काँग्रेसले ३२५ पालिका जित्दा एमाले कति ?

`

     २०७९ ज्येष्ठ ११ गते ४:४९

काठमाडौँ, ११ जेष्ठ । देशका ७५३ पालिकामध्ये ७४५ को मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार काँग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

हाल मतगणना भइरहेका सात वटा पालिकामध्ये ३ वटामा कांग्रेस, २ वटामा एमाले, एउटामा एकीकृत समाजवादी र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?