वीरगञ्ज महानगरपालिको नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट

`

     २०७९ ज्येष्ठ १० गते ३:४९

काठमाडौँ, जेठ १० । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ दिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद0 प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् ।

राजेशमान मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । राजेशमान सिंहलाइ सांसद यादवले चाँदीको ताज लगाईदिए ।

सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन सांसद यादवले मुख्य भूमिका निर्वाह गरेका छन् । सांसद यादवले राजेशमान सिंहलाई सम्मान गरेको फोटो फेसबुकमा पजेमा राख्दै लेखेका छन्, ‘ हामी संगै लडेका थियौं, संगै जित्यौ पनि, हामी संगै रहन्छौ, संगै अगाडि बढ्छौ ,यो जीत हाम्रो होइन सम्पूर्ण वीरगञ्जवासीको जीत हो ।’

एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई पराजित गर्दै राजेशमान सिंह ४६२१५ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?