काठमाडौं, जेठ १०। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन नेपालमा भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा ति सुन नेपाल भित्रिएको हो ।
नेपालमा (युएई) र टर्कीबाट सुन आउने गरेको छ ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो दश महिनामा युएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । यस्तै, सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल आएको छ ।




