भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो : रेनु दाहाल

`

     २०७९ ज्येष्ठ १० गते १:४३

काठमाडौँ, १० जेष्ठ । भरतपुर महानगरपालिकाको मेयरका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।

‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’ ‘मेरो विगतको कामको अनुमोदन गरिदिनुभएको छ । आउने दिनमा पनि कहिँ कतै मेरो सक्रियतामा कमी हुन दिने छैन’ उनले भनिन् ।

भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै मेयर दाहालले आगामी पाँच वर्ष गर्व गर्नलायक काम गर्ने बताइन् ।

आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर दाहालले बताइन् ।

उनले आफ्नो दोस्रो कार्यकालमा सबैको सहयोग पाउने आशा राखेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?