सिराहाको गोलबजार नगरपालिकामा एमाले विजयी

`

     २०७९ ज्येष्ठ १० गते ८:४५

काठमाडौँ, जेठ १० । सिराहाको गोलबजार नगरपालिकाको मेयरमा श्याम श्रेष्ठ र उपमेयरमा मान्ती साह दुवै एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् ।

उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए ।

उपमेयरमा पनि एमालेकै मान्ती साह २०६० मतान्तरले विजयी भएकी छिन् । उनले ७७०३ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयरसमेत रहेकी माओवादीकी रेशम कुमारी थापाले ५६४३ र कांग्रेसकी शान्ती सदायले ४९६५ मत पाइन् ।

यससंगै सिराहाका १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते गोलबजार नगरपालिका ११ मा वर्षाको कारणले करिब ४ सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा पनुस् मतदान भएकोले नतिजा आउन केही ढिला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?