काठमाडौं, ८ फागुन । कमिसन मागेको अडियो बाहिरिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितताबारे छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।
अडियो सार्वजनिक भएपछि सो घटनाको अनुसन्धान गर्न कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत आग्रह गरेको हुन्। स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। समय मिलाउनुहोला भनेका छन् ।अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ ।
मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।




