भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुरु

`

     २०७९ ज्येष्ठ ०९ गते ५:३५

काठमाडौँ, जेठ ९ । चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएको मतगणना सुरु भएको छ । एमालेका एकजना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।

सोमबार दिउँसो सवा ४ बजे वडा न. २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । तर केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

ती प्रतिनिधिले मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । ति प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं. २६ र २७ को गणना सुरु भएको छ । अव  वडा नं. २८ र २९ को मात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?