जिल्ला अदालतले मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो

`

     २०७९ ज्येष्ठ ०९ गते ४:३८

काठमाडौँ, ९ जेष्ठ । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अदालतले सोमबार अनुमति दिएको हो।

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?