प्रदेश र आम चुनावमा पनि गठबन्धन हुन्छ : नेता पौडेल

`

     २०७९ ज्येष्ठ ०९ गते ३:२९

काठमाडौँ, जेष्ठ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउने उदेश्यले बनेको वर्तमान गठबन्धन प्रदेश र आम चुनावसम्मै जाने बताएका छन् ।

उनले व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

नेता पौडेलले व्यवस्थालाई स्थायी बनाउने, विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएकोमा खुसी व्यक्त गरे ।

उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?