फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्ति गर्न रुसद्वारा बन्देज

`

     २०७९ ज्येष्ठ ०८ गते २:१७

काठमाडौँ, ८ वैशाख । रुसले शनिबार आफ्नो छिमेकी फिनल्यान्डलाई प्राकृतिक ग्यास उपलब्ध गराउन बन्द गरेको छ ।

त्यसको बदलामा फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ । आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो ।

२४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू)लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ ।

सी उर्जा कम्पनी ग्याजप्रोमले शनिबार एक विज्ञप्तिमा रुबल भुक्तानी प्राप्त नगरेकोले ग्यास आपूर्ति पूण रूपमा बन्द गरिएको जनाएको छ ।

सन् २०२१ मा ग्याप्रोमले १.४९ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास फिनल्यान्ड पठाएको जनाएको छ ।

यो देशको ग्यास खपतको लगभग दुई तिहाई बराबर हो । यद्यपि, प्राकृतिक ग्यासले फिनल्याण्डको ऊर्जाको करिब आठ प्रतिशत ओगटेको छ ।

फिनल्यान्डको उर्जा कम्पनी गासुमले अभावलाई बाल्टिकनेक्टर पाइपलाइनलगायतका स्रोतबाट अभाव पूर्ति गर्ने जनाएको छ ।

त्यस्तै फिलिंग स्टेसनहरू सामान्य रूपमा चल्ने आश्वासन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?