काठमाडौँ, ८ जेठ । आज आइतवार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा ७०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ छ ।




