काभ्रे धुलिखेलको मेयरमा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ विजय

`

     २०७९ ज्येष्ठ ०६ गते ६:१३

काठमाडौँ, जेठ ६ । काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ ८३५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । व्याञ्जुको जितसँगै एमालेले काभ्रेमा पहिलो पालिका जितेको हो । व्याञ्जु एमालेका काभ्रे अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

व्याञ्जुले स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७४११ मत ल्याउँदा व्याञ्जुले ८३५१ मत ल्याइ विजय भएका हुन् ।

गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १८१९ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा भने कांग्रेसका निराजन जंगम विजयी भएका छन् । उनले १४७ मत अन्तरले लालतारा अधिकारीलाई पराजित गरेका हुन् । जंगमले ७९३८ मत ल्याउँदा अधिकारीले  ७७९१  मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?