सुनसरीको कोशी गाउँपालिमा काँग्रेसका ऐयुब अन्सारी विजयी

`

     २०७९ ज्येष्ठ ०६ गते ४:४२

काठमाडौँ, जेठ ६ । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका ऐयुब अन्सारी ६४१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए ।

यस्तै उपाध्यक्षमा काँग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएकी छन् । यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र) बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?