काठमाडौँ, जेठ ६ । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेन्द्र महतो र उपमेयरमा नेकपा एमालेको उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएका छन् ।
महेन्द्र महतो ७०३१ मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका राजाराम महतोले ६९४० मत ल्याए । यस्तै उपमेयरमा बुढाथोकी ७४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी निर्मला कोइरालाले ६७३५ मत ल्याइन् ।




