सुनसरीको बर्जुमा एमाले विजयी

`

     २०७९ ज्येष्ठ ०६ गते ९:४६

काठमाडौँ, ६ वैशाख । सुनसरीको बर्जु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेको उम्मेदवार जिवछकुमार राय विजयी भएको छ । उनले ७ हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले ७ हजार ४७४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छन् ।

छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा काँग्रेस विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?