धनगढी-१६ मा माओवादीका रामलाल चौधरी ८४० मत ल्याइ विजयी

`

     २०७९ ज्येष्ठ ०५ गते ९:३४

काठमाडौँ, जेठ ५ । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल चौधरी ८४० मत ल्याइ विजयी भएको छन् ।

माओवादी केन्द्रका युवा नेता रामलाल चौधरी धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता डिल्ली राज भट्टले जानकारी दिए । ८४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले ७८७ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?