काठमाडौँ, जेठ ५ । बाराको कलैया उपमहानगरपालिका मेयरमा नेकपा एमालेका विनोदप्रसाद साहले गठबन्धनलाई पछि पार्दै ४८६६ मतले अग्रता लिएका छन्। गठबन्धनबाट काँग्रेसका राजेश राय यादवले १३१७३ मत ल्याएका छन् भने
एमालेका साहले १८०३९ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेका रौशन परविनले १३८३५ मत ल्याएका छन् भने ठबन्धनबाट जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १३७३० मत ल्याएका छन् । गठबन्धनलाई पछि पार्दै एमालेका रौशन परविनले १०५ मतले अग्रता लिएका छन्।




