चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

`

     २०७९ ज्येष्ठ ०४ गते ३:१७

काडमाडौँ, जेष्ठ ४ । चितवन कालिका नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा (एमाले) का उमेदवार निर्वाचित भएका छन् । मेयरमा एमालेका उमेदवार विनोद रेग्मी १०७१४ मत ल्याइ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित विनोद रेग्मीले १०७१४ मत ल्याउँदा गठबन्धन नेपाली कांग्रेसको उम्मदवार शिवराम केसीले १५७१ मत प्राप्त गरे । अन्तिम चरणमा मेयरका दुवै उमेदवारको गृह वडा कालिका–६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो ।

उपमेयरमा एमालेकी विमला तमाङ ७६१ मतअन्तरले विजयी भइन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले ९६८८ मत प्राप्त गर्दा विमला तमाङले १०४४९ मत प्राप्त गरी विजेता भइन ।

कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?