धरानमा गठबन्धनसँग हर्क साम्पाङको कडा टक्कर, साम्पाङ १७ मतान्तरले मात्रै पछाडि

`

     २०७९ ज्येष्ठ ०४ गते १२:२२

काठमाडौँ, ४ वैशाख । धरान उपमहानगरापालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धन कांग्रेसको उम्मेदवारलाई कडा टक्कर दिइरहेको छ । कांग्रेस उम्मेदवार किशोर राईलाई हर्क साम्पाङले १७ मतको अन्तरमा पछ्याउदै छ ।

किशोर ७९५९ मत प्राप्त गरेका छन् भने हर्कले ७९२ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारीले ६५७८ ल्याएकी छन् ।

धरानमा गठबन्धनका किशोर राई र एमालेकी मञ्जु भण्डारीको पकड रहेको क्षेत्रमा समेत साम्पाङले राम्रो मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?