काठमाडौँ, जेठ १ । बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा कर्णबहादुर थापा र उपमेयरमा कमला जैशी(न्यौपाने) निर्वाचित भएको छ । थापाले ४ हजार ७६१ मत ल्याउँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका एमालेका मोतिसिंह बुढाले ३ हजार ५८६ मत ल्याए ।
उपमेयरमा बाम गठबन्धन माओवादीका मनराज बुढाले ३ हजार ९४ मत प्राप्त गर्दा निर्वाचित कमला जैशी(न्यौपाने) ले ४ हजार ७४३ मत प्रात गरी निर्वाचित भएको छ ।
त्रिवेणीमा नेपाली कांग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।




