डोटी केआईसिंह गाउँपालिकामा कांग्रेस विजयी

`

     २०७९ ज्येष्ठ ०४ गते ९:५०

काठमाडौँ, जेठ ४ । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर शाही र उपाध्यक्ष पनि नेपाली कांग्रेस कै विजयी भएको छ ।

सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?