सप्तरीको तिरहुत गाउँपालिकामा काँग्रेसको विजय

`

     २०७९ ज्येष्ठ ०४ गते ८:१८

काठमाडौं, जेठ ४ । सप्तरीको तिरहुत गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । गाँउपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर (मनोज) २ हजार ९ सय १८ मत ल्याए ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै विणा देवी यादव निर्वाचित भएका छन्। त्यस्तै, तिरहुत गाँउपालिकाको वडा नं- १ मा जसपा, वडा नं – २ मा एमाले, वडा नं – ३ मा जसपा, वडा नं-४ मा नेपाली कांग्रेस र वडा नं- ५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?