काठमाडौँ, ३ जेष्ठ । नुवाकोटको लिखु गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका ध्रुव श्रेष्ठ ४०६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघ नारायण श्रेष्ठ २६१६ मतका साथ पराजित भए ।
यस्तै उपमेयरमा पनि काँग्रेस नै विजयी भएको छ । काँग्रेसकी सुभद्रा अधिकारी ३१६७ मतका साथ विजयी भएकी हुन् ।




