राप्रपाको धनबहादुर लामाले वडाध्यक्षमा जित निकाल्दै खोल्यो भक्तपुरमा खाता

`

     २०७९ ज्येष्ठ ०३ गते १:१६

काठमाडौँ, जेठ ३ । राष्टिय प्रजातन्त्र पार्टीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा वडाध्यक्ष जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् ।

यो वडामा अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन् ।

लामाले एक हजार ४११ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए ।

सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?