भोजपुर नगरपालिकामा काँग्रेसका कैलाशकुमार आलेको विजय

`

     २०७९ ज्येष्ठ ०३ गते १२:१५

काठमाडौँ जेठ ३ । भोजपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कैलाशकुमार आले विजयी भएका छन् । आलेले ५६१५ मत प्राप्त गरी नगरको मेयर जितेका हुन् । उनका प्रतिस्पर्धी एमालेका भरतकुमार तामाङले ५१०० मत मात्रै प्राप्त गरे ।

नगरको उप मेयरमा नेकपा एमालेका निर्मला शेर्पा निर्वाचित भएकी छन् । उनले ५५०० मत ल्याउँदा काँग्रेसकी ममिता राईले ५१३३ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?