आज स्थगित भएका यी क्षेत्रहरुमा पुनः मतदान हुँदै

`

     २०७९ ज्येष्ठ ०३ गते ८:००

काठमाडौं, जेठ ३ । वैशाख ३० मा स्थगित भएका केही क्षेत्रहरुमा पुनः मतदान भइरहेको छ । आइतबार र सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।

तनहुँको व्यास नगरपालिका-८ को भवन फेदी मतदान केन्द्रमा पनि मंगलबार पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?