ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजयी

`

     २०७९ ज्येष्ठ ०२ गते १२:४१

काठमाडौँ, २ जेष्ठ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजयी भएका छन् ।

रुम्दालीले ५ हजार २१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याए ।

मानेभन्ज्याङको उपाध्यक्षमा भने नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित रुम्दाली कांग्रेसका तरुण दलका पूर्वजिल्ला अध्यक्ष समेत हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएवापत रुम्दाली पार्टीबाट कारबाहीमा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?