खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अरुणादेवी राई विजयी

`

     २०७९ ज्येष्ठ ०१ गते ३:३९

काठमाडौँ, जेठ १ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पालिका अध्यक्षमा विजयी भएकी छन् ।

राईले २८८१ मत ल्याएर जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शंखरबहादुर राईलाई २५७५ ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खेमबहादुर खड्काले २८०५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विमला राईले २४९५ मत ल्याएकी छन् ।

त्यसैगरी ६ वटा वडा रहेको यस गाउँपालिकामा काँग्रेसले ३,माओवादी केन्द्रले २ र एमालेले एक वडा अध्यक्ष जितेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?