काठमाडौँ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुद्र राईले प्यानलसहित जित हासिल गरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा चुनिएका राई ४८८ मत ल्याएर पुनस् वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले माओवादी केन्द्रका लालबहादुर राईलाई पछि पार्दै वडाध्यक्षमा बाजी मारेका हुन् । माओवादी केन्द्रका लालबहादुरले ४०६ मत पाएका छन् ।




