सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ ज्येष्ठ ०१ गते १२:११

काठमाडौँ, १ जेष्ठ । साताको पहिलो दिन आज आइतवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले ओरालो लागेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ छ ।

वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १२४० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?