ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

`

     २०७९ ज्येष्ठ ०१ गते ११:१८

काठमाडौँ, १ जेष्ठ । ललितपुर महानगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत सहित विजयी भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गर्नुभएको छ । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ ।

ललितपुर महानगरपालिकामा २९ वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?