काठमाडौँ, बैशाख २९ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा ८ सयले बढेर ९७ हजार ८ सय कायम भएको छ । यस अघि बुधबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




