काठमाडौँ, २८ वैशाख। सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका स्थनीय कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थनीय प्रेम कुमार लामा रहेको प्रहरीले जनाएको हो । उनी गोलबजार नगरपालिका पूर्व मेयर तथा माओवादी केन्द्र तर्फको मेयर पदको उम्मेदवार देवनाथ साह निकटको मान्छे रहेको स्थनीयहरुको आरोप छ ।
पक्राउ परेका लामाले नगर पालिकाको वडास्थित गुरुधाम गाउँमा मतदलतालाई पैसा बाँड्दै गर्दा नगद रकमसहित स्थनीयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।




