काठमाडौँ, २८ वैशाख । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप पछि जुनमाया बेपत्ता भएका थिइन ।
वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् ।
जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले बताए ।
पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।




