गौर, ७ फागुन । रौतहटमा प्रहरी र अपराधिबीच गोली हानाहान भएको छ । प्रहरीलाइ एम्बुस थापेर बसेका कामेश्वर पटेल कुर्मीले प्रहरीमाथि नै गोली चलाएपछि गोली हानाहान भएको हो ।
हत्या तथा अन्य दर्जनभन्दा बढी अपराधमा संलग्न रहेका कुर्मी फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ। रौटहट र बाराबाट खटिएको संयुक्त टोलीमाथि कुर्मीले चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियामा गोली चलाएको प्रहरीले बताएको छ।
रौंतहट प्रहरीले भन्यो, जगलसहियामा प्रहरीलाई एम्बुस थापेर बसेका अपराधिले हामीमाथिनै गोली चलाएपछि आत्मरक्षाका लागि हामीले चार राउन्ड गोली चालएका हौँ ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको बायाँ खुट्टामा २ राउण्ड गोली लागेको जनाइएको छ । कर्तव्य ज्यानलगायत दर्जनौं अभियोग लागेका कुर्मी फरार रहेका थिए ।
उनको साथबाट प्रहरीले १ थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको छ ।




