काठमाडौँ, २७ वैशाख । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भएको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले भन्यो–चुनावी घरदैलोमा सगुन खाएर बेहोस भए प्रहरीलाई खबर गर्नू स्थानीय तह निर्वाचनमा मत माग्न घरदैलोमा जाँदा ‘सगुन’ बापत स्थानीयले दिएको कोक र मिठाई खाँदा बिरामी भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ । ‘विष’ खुवाएको आरोप लागेकाहरूले ‘पोइजन खुवाएको पुष्टि भए कारवाही भोग्न तयार’ रहेको प्रहरीलाई बताएका छन् । विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् । विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् ।




