सुनको मूल्यमा सामान्य वृद्धि

`

     २०७९ वैशाख २६ गते १०:५१

काठमाडौँ, बैशाख २६ । आज सुनको मुल्यमा वृद्धि हुँदा चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ९८ हजार ७ सय कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार २ सय निर्धारण भएको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्य भने स्थिर रहदै १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?