पोखराको पहिचान जोगाउन गठबन्धनलाई भोट दिनुस् : माधव नेपाल

`

     २०७९ वैशाख २५ गते २:१५

काठमाडौँ, २५ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखराको पहिचान जोगाउन गठबन्धनलाई मतदान गर्नुपर्ने बताएका छन्।

‘फेवाताल जोगाउने काम तपाईंले गर्नुपर्छ, अतिक्रमण हटाउनुपर्छ,’ उनले भने, ‘पोखराको पहिचान जोगाउन मेयर र उपमेयरमा गठबन्धनलाई भोट दिनुस्।’

पोखराका तालतलैयाको संरक्षण र पर्यावरणको रक्षा गर्न आवश्यक रहेको उनले बताए। गठबन्धनका उम्मेदवारले भ्रष्टाचार नगर्ने भन्दै उनले महानगरभित्रका भ्रष्टाचार हटाउने दाबी गरे।

अर्को प्रसंगमा नेपालले नेकपा एमाले निर्माण गर्ने केपी ओलीको कुनै भूमिका नभएको दाबी गरे।

कार्यक्रममा बोल्दै पोखराका मेयर उम्मेदवार धनराज आचार्यले अस्तव्यस्त पोखरालाई व्यवस्थित बनाउन आफ्नो टिम लागिपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?