सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

`

     २०७९ वैशाख २५ गते ११:१६

काठमाडौँ, वैशाख । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर ९८ हजार ६०० रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

यसैगरी, आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । बढेको मूल्यसहित आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?