काँग्रेसको निर्देशनअनुसार तरुण दलले बनायो निर्वाचन परिचालन समिति

`

     २०७९ वैशाख २३ गते ११:२१

काठमाडौँ, २३ बैशाख । नेपाल तरूण दलले निर्वाचन परिचालन समिति गठन गरेको छ।

कांग्रेसको निर्देशनअनुसार तरूण दलले केन्द्रीय विद्वान गुरूङको अध्यक्षतामा ९४ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ।

अध्यक्ष विद्वान गुरूङका अनुसार निर्वाचन परिचालन समितिको सचिवमा ठानप्रसाद पोखरेललाई तोकिएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने गरी प्रभावकारी भूमिका खेल्न पनि तरूण दलले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?