सुनचाँदीको मूल्य ओरालो लाग्यो, तोलाको कति

`

     २०७९ वैशाख २३ गते ११:०९

काठमाडौँ, बैशाख २३ । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ६ सयले घटेर तोलाको ९८ हजार कायम भएको छ । यस अघि विहिबार सुन तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ ।

शुक्रबार चाँदीको मुल्य पनि प्रतितोलामा २५ रुपैंयाले घटेको छ । चाँदी तोलाको १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?