काठमाडौँ, २१ बैशाख । आज सुनचाँदीको मूल्यमा कुनै परिर्वतन आएको छैन ।
अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




