सुनको मूल्यमा गिरावट

`

     २०७९ वैशाख २० गते ११:२६

काठमाडौँ, २० बैशाख । साताको तेस्रो दिन आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ हजारले घटेर मंगलबार सुनको मुल्य तोलाको ९७ हजार २ रुपैयाँ कायम भएको छ ।

यस अघि सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मुल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य स्थिर रहदै आज चाँदी तोलाको १२९० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?