सुनचाँदीको मूल्यमा सामान्य गिरावट

`

     २०७९ वैशाख १८ गते ११:४१

काठमाडौँ, बैशाख १८ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मुल्य प्रतितोलामा २० रुपैंयाले घटेर १३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?