आज मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्तिलगायत विषयमा छलफल हुने

`

     २०७९ वैशाख १८ गते १०:३३

काठमाडौँ, १८ बैशाख । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी नियुक्तिलगायत विषयमा निर्णय हुने बताइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी आजदेखि नियमित अवकाशमा जाँदैछन्।

नेपाल प्रहरीका आइजिपी शैलेश क्षापा क्षेत्री र सशस्त्र प्रहरीका आइजिपी पुष्पराम केसी आजदेखि अवकाशमा जाँदैछन्।

सशस्त्रको आइजिपी राजु अर्याललाई बनाउने तयारी छ।

नेपाल प्रहरीको आइजिपीका लागि विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपी हुने दौडमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?