काँग्रेसले लोकतान्त्रिक समाजवादीको विचार ग्रहण गरे पनि कार्यान्वयनमा चुक्यो : लोसपा

`

     २०७९ वैशाख १६ गते ३:३७

काठमाडौँ, १६ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज चुनावी घोषणा पत्र जारी गर्दै ठुला दलहरु माथि टिप्पणी गरेको छ।

घोषणा पत्रमा कांग्रेसप्रति आलोचना गर्दै लोसपाले देशको समृद्धि, विकास र अग्रगामी परिवर्तनका मुद्दामा कांग्रेस उदासिन र असफल रहेको उल्लेख छ। कांग्रेसमा समयमै निर्णय गर्न नसक्ने र पछि पछुताउने कमजोरी रहेको लोसपाको भनाइ छ।

कांग्रेसले लोकतान्त्रिक समाजवादीको विचार औपचारिक रूपमा ग्रहण गरे पनि सफल कार्यान्वयनमा भने चुकेको लोसपाको आरोप छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने संगठन भएको दाबी पनि लोसपाको छ। कम्युनिष्ट पार्टीहरूले जनतालाई मतका लागि प्रयोग गर्ने गरेको आरोप पनि लोसपाको छ।

कम्युनिष्टहरू सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने राजनीतिक उद्यमी भएको आरोप लोसपाको छ।

जसपाले अहिले कुनै विचार, वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व नगर्ने पनि लोसपाको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?