डर, धम्की र प्रलोभन देखाएर उम्मेदवारी फिर्ता नगराउन निर्वाचन आयोग आग्रह

`

     २०७९ वैशाख १६ गते २:२९

काठमाडौँ, १६ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको उल्लेख गरेका छन्।

‘स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ।

संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन उम्मेदवारी दर्ता गर्न निर्वाचित र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार रहेको आयोगको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?