भरतपुरमा काँग्रेसका बागी उम्मेदवार फिर्ता नहुने

`

     २०७९ वैशाख १५ गते १२:५४

काठमाडौँ, बैशाख १५ । भरतपुर महानगरपालिकाका काँग्रेस नेता कार्यकर्तालाई मानौं चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँणले मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग भेटघाट गरेका छन् ।

गृहमन्त्री खाँणले विहिबार बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन् । तर पौडेलले आफू ब्याक नहुने बताएको बुझिएको छ । उनले आफू ब्याक हुनु भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने बताएका छन् ।

त्यस्तै उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताएका छन् ।

त्यस्तै उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?