काठमाडौँ, १५ बैशाख । बिहीबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज १ हजारले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




