काठमाडौँ, बैशाख १४ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फुर्सदमा बालकोट पुगेर ट्युसन पढाउने बताएको छन् ।
थापाले आफुले बालकोट पुगेर नै ओलीलाई ट्युसन पढाउन मन लागेको बताए । ओलीले यस अघि महाधिवेशनको बेला समृद्धि शब्द चोरेको आरोप लगाएको बताउदै आफुले फुर्सदमा बालकोट गएर समृद्धिको बारेमा ओलीलाई पढाउने इच्छा भएको बताए ।
महामन्त्री थापाले ओलीको समृद्धिमा बाहिरबाट देखिने खुशी भएको तर काँग्रेसले उठाएको समृद्धिमा आम जनताको भित्री मनदेखिको खुशी रहेको टिप्पणी गरे ।
उनले ओलीलाई नआत्तिन आग्रह गर्दै एमाले र काँग्रेसले उठाएको समृद्धिको कहिँ भेट नहुने बताए ।
महामन्त्री थापाले ओलीलाई बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह समेत गरे ।
महामन्त्री थापाले काँग्रेसका कार्यकर्ताको पहिलो कर्तव्य स्थानीय निर्वाचन सफल हुनुपर्ने बताउदै काँग्रेस कार्यकर्ताको दोस्रो कर्तव्य आफ्नो पार्टीलाई जिताउने भएको बताए ।




